• Sunday 29th of November 2026

यस कारणले गर्दा सुन-चांदीको मूल्य घट्ने सम्भावना


  • धनकुटा खबर
  • .

काठमाडौ । सरकारले सुन र चाँदीको भन्सार महसुल दर घटाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सुनमा भन्सार महसुल २० प्रतिशतबाट घटाएर १० प्रतिशत, र चाँदीमा १५ प्रतिशतबाट घटाएर १० प्रतिशत पुर्‍याउने निर्णय गरेको हो ।

भारतले हालै सुनमा भन्सार महसुल १५ प्रतिशतबाट ६ प्रतिशतमा झार्ने निर्णय गरेपछि नेपालले पनि यो कदम चालेको हो । भारतीय बजारमा सुन सस्तो भएपछि नेपालतर्फ सुन तस्करी बढेको थियो, जसलाई रोकथाम गर्न सरकारले महसुल दर घटाएको बताइएको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालले मात्र १३२.५६ किलो सुन आयात गरेको छ, जसको मूल्य १ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८ गुणाले कम हो ।

यसअघि, असार मसान्तमा आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सुनमा भन्सार महसुल १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याइएको थियो । महसुल वृद्धिपछि सुनको आयातमा गिरावट देखिएकोले पुनः दर घटाउने निर्णय गरिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖