• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

मानवीय त्रुटीले क्यानडाको चिडियाखानामा गुरिल्लाको मृत्यु, राष्ट्र नै शोकमा


  • धनकुटा खबर
  • .

टोरोन्टो, १० मंशिर । मानवीय त्रुटीका कारण क्यानडाको एउटा चिडियाखानामा गुरिल्लाको मृत्यु भएको छ । 

 

क्यानडाको अल्बर्टामा मानवीय त्रुटिका कारण एक जवान गोरिल्लाको मृत्यु भएको क्यालगरी चिडियाखानाका अधिकारीहरूले बताएका छन्।

 

एयारे नामको २ वर्षीय  सो गुरिल्ला गत हप्ता एक कर्मचारीको गल्तिले हाइड्रोलिक ढोकाले टाउकोमा प्रहार गरेपछि मरेको थियो । ती कर्मचारीले  अन्य गोरिल्लाहरूबाट एयारेलाई अलग गर्न कोशिस गर्ने क्रममा सो घटना घटेको थियो । गोरिल्लाको टाउकोमा चोटपटक लागेर मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ।

 

‘यो त्रासदीले हामी सबैलाई कल्पना गर्न सक्ने गहिरो तरिकामा प्रहार गरेको छ,’ क्यालगरी चिडियाखानाका पशु हेरचाहका निर्देशक कोलिन बेयर्डले एक पत्रकार सम्मेलनमा भने, ‘एयरेको छोटो तर प्रभावशाली जीवनले हाम्रो समुदायमा धेरै आनन्द ल्यायो र उनलाई सबैले गहिरो रूपमा सम्झनेछन्। भविष्यमा यस्ता घटनाहरू रोक्न हामी सक्दो प्रयास गर्नेछौं ।’

 

क्यानडाका पत्रपत्रिकाले सो गुरिल्लाको मृत्यु पछि देश नै शोकमा परेको उल्लेख गरेका छन् । उनीहरुले यसलाई गम्भिर दुर्घटनाको रुपमा लिएको पनि जनाएका छन । 
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖