मुम्बइ । आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटका लागि अहिले साउदी अरबमा खेलाडी अक्सन भइरहेको छ ।
अक्सनमा भारतीय खेलाडी महंगो रकममा अनुबन्ध भइरहँदा केहीले रेकर्ड नै तोडे । सोही क्रममा एउटा अर्को नयाँ रेकर्ड बनेको छ । १३ वर्षका खेलाडी करोड मूल्यमा अनुबन्ध भएका छन् ।
बिहारका १३ वर्षीय ब्याटर वैभव सुर्यवंशीलाई राजस्थान रोयल्सले १ करोड १० लाख भारुमा किनेको हो । उनी आइपीएलमा बिक्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।
सुर्यवंशीले केही समयअघि भएको अस्ट्रेलिया यू-१९ सँगको खेलमा ५८ बलमै शतक बनाएर सनसनी मच्चाएका थिए ।
उनी अब १३ वर्षको उमेरमै विश्वको चर्चित क्रिकेट लिग आइपीएलमार्फत करोडपति बनेका छन् ।
