• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने


  • धनकुटा खबर
  • .

बेरूत, हिजबुल्लाहका सन्देशहरूले सम्भावित युद्धविरामको लागि आशावादको संकेत गरेको जनाइएको छ ।

निराशावाद भन्दा आशावादी हुनुको कारण अलि बढी यसकारण पनि धेरै छ कि धेरै जसो हिजबुल्लाह नेताहरूले युद्दबिरामका लागि तयार रहेको जनाइरहेका छन् । किनभने अहिले हिजबुल्लाह इजरायलसँग लामो युद्दमा रहेको छ । 

 

नेता नइम कासिमले गत हप्ता युद्धविराममा सैद्धान्तिक सहमति जनाएका थिए। त्यो हसन नसरल्लाहको नेतृत्वको स्थितिबाट नयाँ प्रयास हो, जसले गाजामा युद्धको अन्त्य भए पछि मात्र युद्धविराम हुनेछ भनी आफ्नो हत्या गर्नु अघिसम्म पनि अडान लिइरहेका थिए । तर, हिजबुल्लाहले अब यो स्वीकार गरेको छ कि युद्दबिराम गर्न जरूरी छ ।

 

आज बिहान बोल्दै नबतिहका हिजबुल्लाह सांसद मोहम्मद रादले भने की हिजबुल्लाह सधैं वार्ताको लागि खुला छ । विशेष गरी राष्ट्रिय सुरक्षाको मामिलामा उ गम्भिर रहेको छ । उनले सार्वभौमसत्ताको एकमात्र वास्तविक ग्यारेन्टी जनता, सेना र प्रतिरोधको समीकरण भएकोसमेत बताएका छन् ।

 

यो भनेको लेबनानी जनतालाई स्पष्ट सन्देश थियो कि सुरक्षा उनीहरूको एकतामा निहित छ। यो अहिले हिजबुल्लाहबाट आएको सन्देश हो। धेरैले यसलाई युद्धविराम नजिक हुन सक्ने सकारात्मक संकेत भएको भन्दै औंल्याइरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖