• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

खेल चलिरहेका बेला दर्शकहरूको भागदौड हुँदा कम्तीमा ५६ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

एजेन्सी । अफ्रिकी देश गिनीको दोस्रो ठूलो सहर जेरेकोरमा फुटबल खेलका क्रममा भागदौड हुँदा कम्तीमा ५६ जनाको मृत्यु भएको छ । तर, धेरैले मृत्यु हुनेको संख्या १०० हुन सक्ने अनुमान गरेका छन् ।

केही रिपोर्टहरूका अनुसार यो घटना रेफ्रीको निर्णय पछि भएको हो। पाहुना टोली लाबेका दुई खेलाडीलाई रेफ्रीले रातो कार्ड देखाएर मैदान बाहिर पठाउँदै पेनाल्टी किक दिएका थिए ।

गिनीका प्रधानमन्त्री ओरी बाहले घटनालाई ‘दुःखद’ भनेका छन् । उनले घटनामा जिम्मेवार व्यक्तिको पहिचान गर्ने घोषणा गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार रेफ्रीसँग आक्रोशित आगन्तुक टोली लाबेका समर्थकहरूले मैदानतर्फ ढुङ्गा हानेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

जेरेकोरका एक स्थानीय पत्रकार पल साकोभोगीले बीबीसीलाई भने: “रङ्गशालामा ठूलो भीड थियो। त्यहाँबाट बाहिर निस्कने एउटै बाटो थियो। केही मानिसहरू बाहिर निस्कन पर्खालमा चढे। पर्खाल चढ्न नसकेकाहरू भित्ताबाट जमिनमा खसे ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖