काठमाडौ । आयुष ठकुरीलाई गायिका ज्येति मगरले सामाजिक संजाल मार्फत यसो भने –
हो बाबू हो तिम्रो आमा चरित्रहिन आईमाई नै हो… 6 दिनको सुत्केरी मा श्रीमाम गुमायपछि तिमी लाई कि अनाथ आश्रम मा फाल्दिनु पर्थ्यो कि त कसै लाई धर्म पुत्र बनायर बेच्नु पर्थ्यो… बिदेश मा गयर भाडा माझेर झाडु पोछा गरेर दुबै पुलिस मा श्रम गरेर बुढानिलकण्ठ जस्तो स्कुल एपेक्स जस्ता कलेज पढाइन ।
यस्ता बेकुफ चरित्र हिन आइमाइ लाई तिमी ले आमा कैले नस्विकार है बाबू…. हरिवंश आचार्य मनोज गजुरेल जस्ता आदर्श पुरुश हरु ले पो त अर्को जीवन साथी अपनाउदा ताली पाउने महिला भय पछि त बिधुवा नै बस्नु पर्यो नि…जाबो 16 बर्ष मा बिधुवा भयर पनि दुख सुख मा साथ दिने पार्ट्नर चाहिने???
हरेक नेपाली आमा लाई आयुष सिङ ठकुरी जस्तै महान छोरा हरु मिलोस… नेपाल लाई पाकिस्तान सम्म चिनाउने र आमा को चरित्र माथी औला उठाउने यी महान छोरा को नाम मा गर्व गरौ 1 मिनेट शिर झुकायर…
