• Monday 5th of October 2026

टिकटकको अपिल खारेज, अब लाग्नसक्छ प्रतिबन्ध


  • धनकुटा खबर
  • .

वासिङ्टन । अपिल खारेज भएपछि भिडियो एप टिकटक आगामी दिनहरूमा अमेरिकामा प्रतिबन्धित हुन सक्ने खतरा बढेको छ। टिकटकमा प्रतिबन्ध लगाउनुले लाखौँ अमेरिकी नागरिकको अभिव्यक्ति स्वतन्त्रताको अधिकार हनन् हुने भन्दै संघीय अदालतमा आफ्नो तर्क सुनिने कम्पनीले आशा गरेको थियो ।

अदालतले कानुनलाई असंवैधानिक घोषणा गर्ने उसको अपेक्षा थियो, तर त्यसो भएन । अदालतले टिकटकको अपिल अस्वीकार गरेको छ र २०२५ को रूपमा टिकटकलाई प्रतिबन्धित गर्ने वा बेच्ने कुरा गर्ने कानुनलाई समर्थन गरेको छ।

टिकटकले यो कानूनी लडाई अझै नसकिएको बताउँदै यसको विरुद्ध सर्वोच्च अदालतमा याचिका दायर गर्ने बताएको छ। टिकटकको मालिक चिनियाँ सरकारसँग जोडिएको हुनाले अमेरिका यसलाई प्रतिबन्धित वा बेचोस् भन्ने चाहन्छ।

टिकटक र यसको मूल कम्पनी बाइटडान्सले अमेरिकाको यो आरोपलाई अस्वीकार गर्दै आएको छ। भारतमा पनि टिकटक प्रतिबन्धित छ। -बीबीसी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖