• Tuesday 6th of October 2026

जनकपुरविरूद्ध खेल्ने लुम्बिनीको टोलीमा तीन परिवर्तन


  • धनकुटा खबर
  • .

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आइतबारको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सविरूद्धको खेलमा टस जितेर फिल्डिङ रोजेको छ।

लिगमा लुम्बिनी यसअघिका लगातार तीन खेलमा पराजित भइसकेको छ। जनकपुर भने लगातार तीन जितका साथ अंक तालिकाको दोस्रो स्थानमा छ।

जनकपुरविरूद्धको खेलका लागि लुम्बिनीको टोलीमा तीन परिवर्तन गरिएको छ।

ओपनर आशुतोष घिरैया, बने कटिङ र अभिषेस गौतम टोलीमा छन्। यसअघि खेलेका सूर्य तामाङ, उन्मुक्त चन्द र दिनेश अधिकारी टोलीबाट बाहिरिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖