• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

चितवनबाट प्रचण्डको गर्जन : गिरिबन्धु भ्रष्टाचारको फाइल खोलिनुपर्छ र भ्रष्टाचारीहरुलाई कारबाही हुनुपर्यो


  • धनकुटा खबर
  • .

काठमाडौं, २५ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले गिरिबन्धु टि–स्टेट प्रकरणमा सर्वोच्च अदालतको फैसला कार्यान्वयनको माग गरेका छन् ।

आज (मंगलबार) चितवनमा आयोजित पार्टीको खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका छन् ।

उनले भने,‘गिरिबन्धुमा भएको भ्रष्टाचारको फाइल खोलिनुपर्यो । उनीहरुमाथि कारबाही गरिनुपर्यो ।

यहाँ अरबौं अरब भ्रष्टाचार गर्नेहरु, देशभित्र र देशबाहिर सम्पत्ति राखेको आरोप आइराखेको छ, त्यसलाई छानबिनमा सहयोग गर्नुपर्ने ठाउँमा झन् भ्रष्टाचारलाई अझ बढावा दिने जो काम भैराखेको छ, हामी यो खबरदारी सभामार्फत सरकारलाई खबरदारी गरिरहने नै रहेका छौं ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖