• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

पपस्टार सेलेना गोमेजले गरिन् इन्गेजमेन्ट


  • धनकुटा खबर
  • .

काठमाडौं । विश्वचर्चित अमेरिकी पपस्टार तथा अभिनेत्री सेलेना गोमेजले प्रेमी बेनी ब्लान्कोसँग इन्गेजमेन्ट गरेकी छन् । नेपाली समयानुसार बिहीबार बिहान इन्स्टाग्राममार्फत सेलेनाले फ्यानलाई यस्तो जानकारी दिएकी हुन् ।

उनले इन्गेजमेन्ट रिङको फोटो पनि सेयर गरेकी छन् । तस्वीर सेयर गर्दै सेलेनाले लेखेकी छिन्, ‘अब सधैंको लागि सुरु हुँदैछ ।’ सेलेनाको पोस्टमा बेनीले कमेन्ट गरेका छन्– ‘ए पर्ख, उनी मेरी श्रीमती हुन् ।’

कमेन्ट सेक्सनमा उनका प्रशंसकलाई बधाई दिइरहेका छन् । तस्वीरमा सेलेनाले ठूलो आकारको हीराको औंठी देखाएकी छन् । सम्भवतः बेनीसँग उनको आरामदायी वनभोजको क्रममा इन्गेजमेन्ट भएको अनुमान छ ।

अन्तिम तस्वीरमा सेलेना र बेनी रोमान्टिक देखिएका छन्, जो अझै पनि औंठी देखाउँदैछन् । गोमेज र ब्लान्कोले डिसेम्बर २०२३ मा सम्बन्धलाई सार्वजनिक गरेका थिए । सम्बन्धलाई औपचारिकता दिनुअघि उनीहरु ६ महिना सँगै रहे । त्यसबेलादेखि यो जोडीले सामाजिक सञ्जालमा स्नेहपूर्ण क्षणलाई सेयर गर्दै आइरहेको छ । नेपालमा पनि सेलेनाका प्रशंसक छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖