इजलाससमा न्यायाधीशलाई आफ्ना कुरा राख्दै रवीले भने : ‘श्रीमान्। यो स्क्रिप्ट र कहानीका लेखक सूर्य थापा हुन्। उनले लेखेको स्क्रिप्टअनुसार नै छायांकन भइरहेको छ। ‘मैले संसदीय छानबिन समितिमा गएर आफूले निर्दोष भएको बताएँ तर उनले हरेक मिडियामा पुगेर ममाथि झुटा कुरा लगाए।
बोलाउँदै नबोलाएको मिडियामा पनि गएर बोले तर उनले आफ्नै नेताले मलाई दिएको क्लिन चिट बिर्से।’उनले आफूमाथि अन्याय हुँदा अदालत पनि साक्षी बसेको गुनासो सुनाए।
गुनासो सुनेपछि न्यायाधीश पौडेलले भने, ‘रविजी, त्यस्तो हैन। अदालतले तपाईं मन्त्री नै भए पनि एउटा सामान्य मान्छेलाई जस्तै अनुसन्धान गर्नुपर्ने हुन्छ र परेको बेला मन्त्री भइसकेको मान्छेलाई दिने सुविधा दिएको छ। यस्तो आरोप नलगाउनुहोस्।’
त्यसपछि चाहिँ उनले न्यायाधीशसमक्ष भने, ‘तपाईँले छाड्नुपर्यो। म भोलि पनि असल नागरिक भएर बाँच्छु। तपाईँ रिटायर्ड भएर निस्कँदा पनि म यहाँलाई त्यही हिसाबले सम्मान गर्छु।’ Source : Nepalkhabar
