• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

‘रवि लामिछानेलाई सरकारले गरेको व्यवहार देख्दा लाज लागिसक्यो’: पूर्वप्रधानन्यायाधीश सुशिला कार्की


  • धनकुटा खबर
  • .

‘एउटा मान्छे कतिओटा अदालतमा कुदिसक्यो ? कति महिनादेखि कुदिरहेको छ ? हामीले हेर्दा पनि लाजसरम लाग्न थालिसक्यो, के हो यो ? यो त हद भइसक्यो । ’, कार्कीले भनिन् ।

‘एउटै मान्छेलाई २/२ दिनमा अदालत परिक्रमा गराइरहेको छ । त्यो मान्छेको मानव अधिकार कहाँ गयो रु प्रत्येक दिन कहिले राति निद्रामा उठाएर कुदाएको छ, कहिलेचाहीँ सुतिरहेको मान्छेलाई उठाएर कुदाएको छ ।

यो अड्डामा हाजिर गराएको छ, त्यो अड्डामा हाजिर गराएको छ ।’, कार्कीले थपिन्, ‘तपाईँहरु भन्नुहोला, अदालतले के हेर्या छ ? अदालतको हेर्ने समय हुन्छ, उसले हेर्न परेपछि अदालतले हेर्छ । किनभने कोही कोही न्यायाधीशलाई छोडेर, न्यायाधीशले आफूलाई दुर्गन्धित हुनेगरि काम गर्दैनन् । तर सरकारले के गरेको छ ?’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖