• Monday 5th of October 2026

चिसोमा घाम ताप्दै बदाम खानुका यति धेरै फाइदा


  • धनकुटा खबर
  • .

काठमाडौं । चिसो मौसमलाई सुन्तला बदाम खाने सिजनको रूपमा पनि लिइन्छ । बदाम बाह्रै महिनामा पाइने भए पनि जाडो मौसममा घाम ताप्दै बदाम खानेहरू बढी हुन्छन् । जाडो मौसमको न्यानो घाममा साथीहरू जम्मा भएर बदाम खादा रमाइलो मात्र होइन स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ ।

जाडोमा घाममा बसेर सुन्तलासँग बदाम खानुको मज्जा छुट्टै हुन्छ । यसमा पर्याप्त मात्रामा पौष्टिक तत्व पाइन्छ । यसले शरीरमा विभिन्न लाभहरू पुर्‍याउँछ । बदाम प्रोटिनको श्रोत मानिन्छ। यसमा प्रशस्त मात्रामा प्रोटिन रहेको हुन्छ। शरीरको वृद्धि विकासका लागि प्रोटिन नभई नहुने तत्त्व हो। बदाम बढ्दो उमेरका केटाकेटी तथा वृद्ध वृद्धाका लागि राम्रो मानिन्छ।

नियमित बदाम खादा हुने फाइदा

मोटोपना घटाउन

बदाम खाँदा पेट छिटो भरिने भएकाले तुरुन्तै अर्को खाने कुरा खान मन लाग्दैन।जसले गर्दा शरीरले अनावश्यक क्यालोरी लिन पाउँदैन। यसले गर्दा मोटोपन भएकाहरूको सजिलै तौल घट्न सक्छ।

रोग प्रतिरोधात्मक शक्ति बढाउँछ

नियमित बदाम खाँदा मुटुसम्बन्धी समस्याबाट बच्न सकिन्छ। बदाम खाने व्यक्तिमा डिप्रेसनका समस्या एकदम न्यून हुन्छ। क्यान्सरबाट बचाउँछ स् बदाममा फाइटोस्टेरोलु नाम गरेको तत्त्व हुन्छ। यसले सामान्यतया ट्युमरलाई नियन्त्रण गर्छ र क्यान्सर हुनबाट जोगाउँछ।एक अध्ययनअनुसार हप्ताका दुई पटक बदाम खाने महिलामा ५८ प्रतिशत र पुरुषमा २७ प्रतिशत कोलोन क्यान्सरको खतरा कम हुन्छ।

फोलिक एसिड

बदाममा प्रशस्त मात्रामा फोलिक एसिड रहेको हुन्छ। यसले महिलामा प्रजनन क्षमता बढाउँछ।यसका साथै गर्भमा रहेको शिशुको वृद्धि विकासमा पनि ठूलो भूमिका खेल्छ।विभिन्न अध्ययनले देखाएको छ कि गर्भवती हुनुअघि वा पछि नियमित बदाम खाएका आमाबाट जन्मिने शिशु स्वस्थ जन्मिन्छन्।यसका साथै जन्मिएका शिशुमा मुटुसम्बन्धी खतरा निकै कम हुन्छ।

छाला चम्किलो बनाउन

बदामले औषधिको काम पनि गर्छ। यदि अनुहारको छालामा फुस्रो वा दाग छ भने बदामको प्रयोग गरी सुन्दर छाला बनाउन सकिन्छ।नियमित बदाम खाएमा छालामा हुने सुख्खा वा खस्रोपनाबाट बचाउँछ।

भिटामिन सी पाउन

बदाममा भिटामिन सी पाइन्छ। यसले घाँटी खसखस हुने वा सुख्खा हुनबाट बचाउँछ। साथै नियमित बदाम खाएमा रुघाखोकीको जोखिम कम रहन्छ।

कपालको लागि

नियमित बदाम खाँदा कपालको सुन्दरतामा वृद्धि हुन्छ। बदाममा कपाल लामो र सुन्दर बनाउने तत्त्व रहेको हुन्छ। यसको सेवन गर्दा कपाल झर्ने टुक्रने तथा फुस्रो हुने समस्या आउँदैन। त्यसैले बदामको नियमित सेवन गर्नु बुद्धिमानी मानिन्छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖