• Monday 5th of October 2026

मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक


  • धनकुटा खबर
  • .

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक भएको छ ।

गएरातिसम्म खुलिरहेको महाशाखाको वेबसाइट (www.mfd.gov.np) आज बिहान ह्याक भएको हो ।

महाशाखाले मौसमी गतिविधिको जानकारी दिने गर्दछ । तर वेबसाइट ह्याक भएपछि महाशाखाको वेबसाइटबाट सिधै मौसमसम्बन्धी जानकारी लिन नसकिने भएको छ ।

मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले ह्याक भएको जानकारी आफूलाई नभएको बताए । ‘त्यसबारे मलाई जानकारी नै थिएन, म बुझेर आइटीलाई खबर गर्छु,’ उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖