• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

सरकार नढल्ने सञ्चारमन्त्री गुरूङको दाबी


  • धनकुटा खबर
  • .

काठमाडौं, १ पुष । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार तत्काल ढल्दैछ भन्ने कुरामा कुनै सत्यता नभएको दाबी गरेका छन् ।

उनले उक्त दाबीलाई विरोधीले चलाएको हल्लाको संज्ञा दिएका छन् । उनले अहिलेको कांग्रेस–एमाले सहकार्य ०८४ सम्म कायम रहने दाबी गरेका छन् ।

आज (सोमबार) मन्त्रिपरिषद्् बैठकको निर्णय सुनाउने क्रममा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन् ।

उनले सरकार गठन भएको दिनदेखि नै सरकार ढल्ने अफवाह चलाइएको भएपनि सरकारले आफ्नो अवधि पूरा गर्ने दाबी गरेका हुन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖