• Tuesday 6th of October 2026

शानदार जितसहित सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा प्रवेश, जनकपुरले भोलि दोस्रो प्रयास गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । टीयु क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा जनकपुरलाई ८ विकेटले हराउँदै सुदूरपश्चिम फाइलनमा स्थान सुरक्षित गरेको हो ।

जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले २ विकेट गुमाएर ९ बल अगावै भेट्टायो । सुदूरका लागि ओपनर विनोद भण्डारीले अर्धशतकीय पारी खेले । ५५ बलको सामना गरेका विनोदले समान ३ छक्का र चौका हिर्काउँदै अविजित ५८ रन जोडे । दीपेन्द्रसिह ऐरीले नटआउट रहँदै २० रन हिर्काए । त्यसअघि ब्राण्डन म्याकमुलनले २५ तथा सैयद जैवले ३२ रन जोडेका थिए ।

आज पराजित भएको जनकपुरले भोलि कर्णाली याक्ससँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ । आज भएको एलिमिनेटर खेलमा चितवनलाई पन्छाउँदै कर्णाली दोस्रो क्वालिफायरमा पुगेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖