• Tuesday 6th of October 2026

कर्णालीले जनकपुरलाई दियो ११९ रनको लक्ष्य


  • धनकुटा खबर
  • .

काठमाडौँ– नेपाल प्रिमियर लिगको आजको खेलमा कर्णाली याक्सले जनकपुर बोल्टसलाई ११९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय खैल मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय १८ रन जोडेको हो ।

कर्णालीका लागि गुल्सन झाले २५ रन जोडे भने देव खनालले २४ रन बनाए ।

कर्णाली बुधवारको खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो ‘क्वालिफायर’ मा प्रवेश गरेको थियो । आजको खेलमा विजेता टिम फाइनलमा सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖