• Tuesday 6th of October 2026

चर्चित पार्श्व गायक शानको घरमा आगलागी


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । बलिउडका चर्चित पार्श्व गायक शानको घरमा आगलागी लागेको छ । गएराति मुम्बईको बान्द्रामा रहेको गायक बस्दै आएको अपार्टमेन्टमा आगलागी भएको हो ।

राति एक बजे सातौँ लतामा रहेको उनको फ्ल्याटमा आगलागी सुरु भएको थियो । झन्डै अढाई घण्टाको प्रयासपछि दमकलले आगो निभाएको बताइएको छ ।

भिडियोहरूमा अपार्टमेन्टको झ्यालबाट धुवाको मुस्लो आइरहेको देखाएको छ । आगलागी हुँदा गायक अनि उनको परिवार घरमै भएको तर यस घटनामा कोही पनि घाइते नभएको बताइएको छ ।

आगलागीको कारण थाहा हुन नसकेको मुम्बई प्रहरीले बताएको छ । यस घटनाबारे छानबिन भइरहेको समाचारमा उल्लेख छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖