• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

६७ जना सवार अजरबैजान एयरलाइन्सको विमान दुर्घटना


  • धनकुटा खबर
  • .

अकताउ । कजाकिस्तानको अकताउ सहरमा बुधबार एउटा यात्रुवाहक विमान दुर्घटना भएको छ । यस दूघर्टनामा केही हताहत भएको हुन सक्ने प्रारम्भिक रिपोर्टमा बताइएको छ ।

स्थानीय अधिकारीका अनुसार विमानमा ६७ जना सवार थिए । दुर्घटनास्थलमा पुग्न प्रयास भइरहेको काजाकिस्तानको आपतकालीन मन्त्रालयले जनाएको छ । विमान अजरबैजान एयरलाइन्सको भएको रुसी समाचार एजेन्सीहरूलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले समाचारमा भनेको छ ।

विमान बाकुबाट रुसको चेचन्याको ग्रोज्नी जाँदै थियो । बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो ।

अजरबैजान एयरलाइन्सको तर्फबाट यस विषयमा अहिलेसम्म कुनै बयान आएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖