• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

राजा चार्ल्स पोल्याण्ड जाँदै, हिटलर नरसंहारकाे सम्झना गरिने


  • धनकुटा खबर
  • .

लन्डन, १ माघ । बेलायतका राजा चार्ल्स तृतिय पोल्याण्ड भ्रमणमा जाने भएका छन् ।

पोल्याण्डको आशविट्ज़–बिरकेनौ मुक्तिको ८० औं वार्षिकोत्सव मनाउने समारोहमा भाग राजा चार्ल्स तृतियाले भाग लिन जान लागेका हुन् ।

बकिंघम प्यालेसले जारी गरेको बिज्ञप्ति अनुसार सो क्रममा पूर्व जर्मन नाजी यातना शिविरको पहिलो भ्रमण गर्न लागेका हुन् ।

 

क्यान्सर उपचार गराइरहेका राजा चार्ल्सले जनवरी २७ को सम्झनामा हुने बिशेष कार्यक्रममा सहभागिताका साथै विश्वका धेरै नेताहरूसँग पनि भेटबार्ता गर्नेछन् । सो क्रममा पोल्याण्डका राष्ट्रपति एन्ड्रेज डुडासँग वार्ता गर्ने बेलायती दरबारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सन २०१० पछि पोल्याण्डमा यो यात्रा हुन लागेको हो र बेलायती राष्ट्र प्रमुखको पोल्याण्डको यो पाँचौं यात्रा हो । सोभियत रेड आर्मीले आशविट्ज़ बिरकेनौलाई मुक्त गरेको ८० औं वर्षको स्मरण समारोहमा धेरै अन्तर्राष्ट्रिय प्रतिनिधिहरू उपस्थित हुने अपेक्षा गरिएको छ।

 

दोस्रो विश्वयुद्धमा पोल्याण्डमा आक्रमण गरेपछि नाजी जर्मनीले यहाँ मृत्यु शिविर निर्माण गरेको थियो, यो शिविर नाजी जर्मनीको ६० लाख युरोपेली यहूदीहरूको नरसंहारको प्रतीकको रूपमा लिइन्छ । जसमध्ये १० लाख १९४०– १९४५ बीचमा मारिएका थिए भने, साथै १ लाख गैर यहूदीहरूलाइ पनि यही नरसंहार गरिएको विश्वास गरिन्छ ।

 

यसैगरी, गत हप्ता पोल्याण्ड सरकारले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाइ पनि सो समारोहमा भाग लिन निम्ता दिएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतले गत नोभेम्बरमा जारी गरेको पक्राउ पुर्जीको बाबजुद पनि यो समारोहमा उपस्थित हुन चाहेमा इजरायली अधिकारीलाई सुरक्षा दिइने जनाइसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖