• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

टर्कीको होटलमा आगलागीमा परी ६६ जनाले गुमाए ज्यान


  • धनकुटा खबर
  • .

इस्तानबुल, ९ माघ । टर्कीको एक होटलमा भएको आगलागीमा परी ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ ।

मुलुकको उत्तरपश्चिममा अवस्थित एक स्की रिसोर्ट होटलमा मंगलबार भएको आगलागीमा परी कम्तीमा ६६ जनाको मृत्यु भएको र ५१ जना घाइते भएको आन्तरिक मन्त्रालयले जनाएको छ ।

 

स्थानीय समय अनुसार बिहान ३ः२७ बजे बोलु प्रान्तको कार्तलकाया रिसोर्टमा रहेको एउटा होटलमा आगलागी भएको थियो ।

 

‘हामी गहिरो पीडामा छौं, यस होटलमा भएको आगलागीमा हामीले दुर्भाग्यवश ६६ जनाको ज्यान गुमाएका छौं,’ सरकारका प्रतिनिधि यर्लिकायाले मंगलबार पत्रकारहरूसँग भने ।

‘केही हताश ब्यक्तिहरू भाग्नको लागि झ्यालबाट हाम फाल्ने प्रयास गरेका पनि थिएँ,’ अधिकारीहरूले भने, ‘तर, आगोले माथिल्लो तला पनि समेटि दिए पछि अवस्था झन नाजुक बन्न पुग्यो ।’ केही भिडियो फुटेजले जलेको भवनको वरिपरि खैरो धुवाँको मुस्लो देखिएको छ । 

 

रिसोर्ट जाडोमा छुट्टी मनाउनेहरूका लागि लोकप्रिय गन्तव्य हो, विशेष गरी स्कूल बिदामा यहाँ परिवारसहित धेरै पटक आउजाउँ गर्ने गर्छन । जुन जनवरीदेखि फेब्रुअरीको पहिलो हप्तासम्म धेरै नै चल्छ।

 

सो होटलमा करिब २३४ जना पाहुना बसेको स्थानिय  गभर्नर अब्दुलअजीज अयदिनले राज्य सञ्चालित समाचार एजेन्सी अनादोलुसँग भने । सो भवनबाट हाम फालेका पीडित मध्ये दुई जनाको मृत्यु भएको छ । उनका अनुसार आगो नियन्त्रण गर्नका लागि २६७ आपतकालीन कर्मचारी परिचालन गरिएको थियो ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖