काठमाडौँ । अभिनेत्री दीया पुन विवाह बन्धनमा बाँधिएकी छन् । उनले पर्यटन व्यवसायी रुक्मान लामासँग तामाङ परम्परा अनुसार विवाह गरेकी हुन् ।
उनीहरुको विवाह समारोह चितवनको भरतपुरमा आयोजना भएको थियो । विवाह समारोहमा दुवै तर्फमा नजिकका आफन्त र साथीभाइको सहभागिता थियो ।
दुबैजनाले विवाहको जानकारी इन्स्टाग्राम मार्फत दिएका हुन् । दीया र रुक्मानले ३ वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको बताइन्छ ।
‘वीर विक्रम’बाट फिल्म अभिनयमा डेब्यु गरेकी दीयाले मिस्टर झोले, मन्त्र, अन्तिम संस्कार र दयारानी लगायत फिल्म अभिनय गरेकी छन् । उनी अभिनीत फिल्म ‘एक्लो’ रिलिज तयारीमा छ । दीया पर्वतारोही पनि हुन् ।
