• Monday 2nd of November 2026

अध्यादेशबारे कांग्रेस-माओवादीको चर्काचर्की, हितराजले संसद् विघटनको कुरा उठाएपछि घिमिरेले भने- अब सरकार अध्यादेशबाटै चलाउँछौं !


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था तथा परामर्श समितिमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका सांसदबीच चर्काचर्की भएको छ । मंगलबार सभामुख देवराज घिमिरेको आमन्त्रणमा बसेको बैठकमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र माओवादीका प्रमुख सचेतक हितराज पाण्डेबीच भनाभन भएको हो ।

बैठकमा माओवादीले सदन छलेर सरकारले अध्यादेश ल्याएको भन्दै चर्को असन्तुष्टि जनाएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई सम्झँदै फेरि पनि सरकार त्यतैतर्फ लम्किएको आशंका गरेका थिए । त्यसक्रममा सांसद घिमिरे र पाण्डेबीच चर्काचर्की परेको हो ।

‘अध्यादेशको बारेमा छलफल भएको छ । अध्यादेश मध्येमा पनि एउटा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायीत्व ऐनबारेमा संसद्को समितिमा छलफल मै छ । त्यसैमा सरकारले अध्यादे ल्यायो । यो संविधान र नियनअनुसार मिलेन हामीले । यो कुरा उठायौं । अध्यादेशमा भएका अन्य विषयमा पनि कुरा उठायौं । यी सबै विषयमा हामी ७ राजनीतिक दलले एकमुष्ट कुरा राखेका छौं । यी विषयमा हामी कन्टेन्टैमा नै गएर सदनमा नै कुरा राख्छौं । यति थोरै समयमा सरकारले किन यति धेरै अध्यादेश ल्यायो भनेर हामीले कुरा उटायौं । माननीय मन्त्रीज्यू पुरै समय बस्नु भएन । उहाँले जवाफ दिनेक्रममा सरकारको आवश्यकता भयो भन्नुभयो’ बैठकमा भएको कुराबारे छलफलपछि सञ्चारकर्मीसँग पाण्डेले भने ।

पाण्डेका अनुसार उनले अध्यादेशको विरोध गर्दा घिमिरेले अब सरकार अध्यादेशबाटै अघि बढ्ने जवाफ दिएको दाबी गरे । ‘सदनको प्रमुख ठूलो दलका प्रमुख सचेतकले अब त सरकार सधैं अध्यादेशबाटै चल्छ भन्नुभयो । त्यसमा मैले प्रतिप्रश्न गरें । यो भन्दा अगाडि संसद् नै विघटन भएको थियो । अहिले ६ ६ वटा अध्यादेश आईनैसक्यो । धेरै दिन पनि छैन् यति थोरै समयमा यतिधेरै अध्यादेश किन आउनपर्यो भने । विधेयक नआएपनि सरकारले अध्यादेश ल्याएरै चलाउँछ भनेर उहाँले भन्नुभयो । यो विषयमा हामी संसद्मा गम्भीर रुपमा उठाउँछौं’ पाण्डेले भने ।

तर, कांग्रेस प्रमुख सचेतक घिमिरेले भने बैठकमा त्यस्तो केही नभएको प्रष्टीकरण दिएका छन् । बैठकबाट बाहिरिँदै गर्दा घिमिरेले पाण्डेले तथ्यलाई बंग्याएर भ्रम छरेको दाबी गरे ।

उनले भने, ‘उहाँ (पाण्डे) ले भर्खरै बोल्नुभएको मैले सुनें। तर संसदमा कानून निर्माण गर्ने प्रक्रिया धिमा गतिमा भयो। दुई वर्षको अवधिमा जम्मा ११ वटा कानून मात्रै बनाएका छौँ। अहिले हामीलाई संविधान कार्यान्वयन गर्दै मुलुकलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छ। त्यसैले यो ढिलाइ हुने प्रक्रियाको कारणले सरकारलाई अध्यादेश ल्याउन प्रेरित गर्‍यो। त्यसकारण हामीले कानून बनाउने प्रक्रियालाई गति दिनुपर्छ भन्ने कुरालाई उहाँले अतिरञ्जित गरेर अब अध्यादेशले मुलुक चलाइन्छ भन्नुभयो भनेर बोल्नुभयो। उहाँले नबोल्ने कुरा बोल्नुभयो। यहाँ मात्रै होइन, भित्र पनि बोल्नुभयो।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖