• Monday 5th of October 2026

गएराति किन अवरुद्ध भयो देशैभरि इन्टरनेट?


  • धनकुटा खबर
  • .

गएराति देशैभरि इन्टरनेट सेवा अवरुद्ध भएको छ। नेपाल टेलिकमसँगै निजी क्षेत्रबाट सञ्चालित सबैजसो इन्टरनेट सेवा अवरुद्ध भएको हो।

स्रोतका अनुसार इन्टरनेट ब्याण्डविथबापत करिब ६ अर्ब भन्दा धेरै रुपैयाँ भारतीय कम्पनी एयरटेललाई भुक्तानी हुन बाँकी रहेकाले इन्टरनेट सेवा प्रदायकहरुले प्रदान गर्ने इन्टरनेट सेवामा देशभर नै समस्या आएको हो।

वर्ल्डलिंक, डिसहोम, एनसेल, भायनेटसहित निजी क्षेत्रबाट सञ्चालित धेरै इन्टरनेट अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती बेहोर्नुपरेको छ।

नेपाल टेलिकमका व्यवस्थापक एवं प्रवक्ता हरि ढकालका अनुसार भारतीय कम्पनीमा निर्भर नेपाली इन्टरनेट सेवाप्रदायक कम्पनीमा समस्या देखिएको हो। उनले प्राविधिक समस्या समाधान गर्ने सन्दर्भमा अध्ययन भइरहेको जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖