काठमाडाैं । अभिनेता अनमाेल केसी आज हिरासतमुक्त हुने भएका छन् । प्रहरीले उनलाई हाजिरी जमानीमा छाेड्न लागेकाे हाे ।
यो पनि..
धनकुटा ।
जेष्ठ नागरिक संघ धनकुटाले अाज विभिन्न कार्यक्रम गर्दै ३३ अाैं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाएकाे छ ।
जेष्ठ नागरिक संघ धनकुटाका अध्यक्ष राम बहादुर श्रेष्ठकाे अध्यक्षता तथा विश्रान्ति मन्दिर व्यवस्थापन समितीका उपाध्यक्ष शंकर दाहालकाे प्रमुख अातिथ्यमा सञ्चालित कार्यक्रममा धनकुटा नगरपालिका वडा नं ३,४,५,६ र ७ का ९० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई कदर पत्र र नगद १ हजार ५ प्रदान गरि सम्मान गरिएकाे छ । त्यस्तै भदाै महिनामा सञ्चालित दिवा सेवामा नियमित उपस्थित हुने ५ जना जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरिएकाे छ ।
दिवा सेवामा जेष्ठ नागरिक सम्बन्धि नियम कानुन के छ भन्ने वारे जानकारी गराउने, धार्मिक भजन गाउने,जेष्ठ नागरिकहरुकाे स्वास्थ्य कसरी राम्राे राख्ने भन्नेबारेमा जानकारी गराउने गरिएकाे छ । कार्यक्रमकै अवसरमा जेष्ठ नागरिक संघकाे अार्थिक काराेबार सम्बन्धि हाजिरी जवाफ प्रतियाेगिता पनि सञ्चालन गरिएकाे थियाे । प्रतियाेगितामा प्रश्नकाे उत्तर दिने जेषठ नागरिकलाई पुरस्कार स्वरुप नगद ५० रुपया प्रदान गरिएकाे थियाे ।
कार्यक्रममा जेष्ठ नागरिक संघ धनकुटा नगरपालिका वडा नं ३ का अध्यक्ष झमकलाल घिमरे,नगर अध्यक्ष पृथसिंह दाहाल, संघका पूर्व जिल्ला अध्यक्ष सुदर्शन घिमिरे, सल्लाहकार सत्य नारायण श्रेष्ठ, घनाश्याम बराल लगाउतले मन्तव्य राखेका थिए । भने सदु्यहरु पार्वती श्रेष्ठ, गाेविन्द प्रसाद मैनाली, ईन्द्र बहादुर ढुङ्गेल,सकिला रानाले गित प्रस्तुत गरेका थिए । स्वागत मन्तव्य संघका वरिष्ठ जिल्ला उपाध्यक्ष ईन्द्र वहादुर श्रेष्ठले राख्नुभएकाे थियाे । सञ्चालन जिल्ला सह-सचिव तिलक प्रसाद राईले गर्नुभएकाे थियाे ।
