• Monday 5th of October 2026

युरिक एसिड घटाउने हाे भने राेटीमा यी चीज मिसाउनुहाेस्


  • धनकुटा खबर
  • .

काठमाडौं, २२ माघ । आजकल यूरिक एसिड एक सामान्य समस्या भएको छ ।

 

जसले प्रत्यक्ष रूपमा जोर्नी दुखाइ, गठिया र मृगौला समस्यालाई असर गर्छ। शरीरले यसलाई ठीकसँग बाहिर निकाल्न नसक्दा युरिक एसिड बढ्छ, जसका कारण शरीरमा युरिक एसिडको क्रिस्टल बन्न थाल्छ र सुन्निने र दुख्ने जस्ता समस्याहरू सुरु हुन थाल्छन् ।

 
यस्तो अवस्थामा हामी युरिक एसिड कम गर्न घरेलु उपाय खोज्दैछौं किनकि हाम्रा रोगहरू निको पार्न औषधिभन्दा घरेलु उपचारलाई प्राथमिकता दिन जरूरी ठान्छौं। यदि तपाईं पनि प्राकृतिक तरिकाले युरिक एसिड नियन्त्रण गर्ने उपाय खोज्दै हुनुहुन्छ भने आज हामी तपाईलाई रोटी बनाउनु अघि पीठोमा के के चिज मिसाउनुपर्छ बताइरहेका छौँ ताकी युरिक एसिडको समस्यालाई धेरै हदसम्म कम गर्न सकिन्छ ।

 

ज्वाँनो
ज्वानो पाचन सुधार गर्छ र शरीरबाट विषाक्त पदार्थहरू हटाउन मद्दत गर्छ। यो युरिक एसिड नियन्त्रण गर्न र जोर्नी दुखाइ कम गर्न प्रभावकारी हुन  सक्छ। रोटीको पीठोमा ज्वाँनो मिसाउँदा शरीरको मेटाबोलिजम पनि राम्रो हुन्छ।

 

आलसको दाना
ओमेगा–३ फ्याटी एसिड फ्ल्याक्स सीडमा पाइन्छ, जसले सूजन कम गर्न मद्दत गर्दछ। यसले युरिक एसिडको स्तरलाई नियन्त्रण गर्न र हड्डी बलियो बनाउन सक्छ।

मेथीको दाना
मेथीले शरीरमा जम्मा भएको युरिक एसिडलाई हटाउन मद्दत गर्छ । यसमा प्रशस्त मात्रामा फाइबर हुन्छ, जसले पेट सफा राख्छ र पाचन प्रणाली राम्रोसँग काम गर्छ।

 

जौको पीठो
जौको पिठोले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ। युरिक एसिड नियन्त्रण गर्नुका साथै यसले रगतमा चिनीको मात्रा पनि सन्तुलित राख्छ ।

 

सोया पीठो
सोया प्रोटिनको उत्कृष्ट स्रोत हो र यसले शरीरको यूरिक एसिड स्तरलाई सन्तुलनमा राख्न मद्दत गर्छ। यसलाई पीठोमा मिसाउँदा मांसपेशी बलियो हुन्छ र शरीरलाई आवश्यक पोषण मिल्छ।

 

साथै, युरिक एसिड घटाउन यी टिप्सहरू पनि अपनाउन सक्नुहुन्छ ।
– दैनिक कम्तिमा ८–१० गिलास पानी पिउनुहोस्।
– फास्टफुड, मसलादार खाना र मांसाहारी वस्तुको उपभोग कम गर्नुहोस्।
– धेरै मात्रामा फाइबर युक्त आहार लिनुहोस्, जसले पेट सफा राख्छ।
– दैनिक हल्का व्यायाम र योग गर्नुहोस्।

यदि तपाई युरिक एसिडको समस्याबाट हैरान हुनुहुन्छ भने आफ्नो खानपानमा थोरै परिवर्तन गरेर समाधान पाउन सक्नुहुन्छ । पीठोमा ज्वानो, आलस, मेथीको दाना, जौको पिठो र सोयाको पीठो मिसाएर रोटी बनाउनाले युरिक एसिड नियन्त्रण हुन्छ, पेट सफा रहन्छ र हड्डी पनि बलियो हुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖