• Monday 5th of October 2026

आगामी साता सार्वजनिक हुँदै सस्तो आइफोन ‘एस–इ४’, कति पर्न सक्छ मूल्य?


  • धनकुटा खबर
  • .

एप्पलको सस्तो मोडेल भनेर चिनिएको आइफोन एस–इ४ आगामी साता सार्वजनिक हुने भएको छ।

ब्लुमबर्गले आइफोन एस–इ४ विशेष फिचरसहित अबको केही दिनमा आउने जानकारी दिएको हो।

यस आइफोनमा पहिलो पटक ओएलइडी प्यानल देख्न सकिनेछ। साथै यसमा ६.१ इन्चको प्यानल हुने अनुमान गरिएको छ। रिफ्रेश रेट ६० हर्ज मा नै रहने सम्भावना छ, जुन २०२५ को फोनको लागि पुरानो जस्तो लाग्नेछ।

यो आइफोन कालो र सेतो रंगमा उपलब्ध हुने अनुमान छ।

फोनको पछाडिको बाँया भागमा एउटा क्यामेरा छ। यो ४८ मेगापिक्सलको हुने अनुमान लगाइएको छ। त्यस्तै, सेल्फी क्यामेरा भने १२ मेगापिक्सलको हुने बताइएको छ।

यसमा एप्पलको ए१८ चिपसेट र ८ जिबी र्‍याम हुनेछ।

यस आइफोनमा युएसबी टाइप–सी पोर्ट आउनेछ। आगामी आइफोन १६ प्रो सिरिज मोडेलहरूसँग तुलना गर्दा यसमा कम डाटा ट्रान्सफर गति रहने छ।

यसको सुरुवाती मूल्य ४२९ डलर (करिब ७० हजार रूपैयाँ) हुने अनुमान छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖