• Monday 5th of October 2026

अमेरिकामा एप्पल र एप स्टोरमा फर्कियो टिकटक


  • धनकुटा खबर
  • .

न्युयोर्क, ३ फागुन । अमेरिकामा लोकप्रिय सामाजिक सञ्जाल एप टिकटक फिर्ता भएको छ ।

 

यसअघि यो एपलाइ राष्ट्रिय सुरक्षाको कारण देखाउँदै प्रतिबन्ध लगाइएको थियो। टिकटक चिनियाँ कम्पनी बाइट डान्सको स्वामित्वमा छ। अमेरिकाले यो एपले प्रयोगकर्ताको डाटा स्टोर गर्ने दाबी गरेर प्रतिबन्ध लगाएको हो ।

चीनले यो डाटा अमेरिकी नागरिकको जासुसी गर्न र त्यहाँको जनमतलाई प्रभावित गर्न प्रयोग गर्न सक्ने जनाउँदै आएको छ । यी आरोपका कारण अमेरिकामा भने २०२५ को सुरुमा नै गुगल र एप्पलको एप स्टोरबाट यो एप हटाइएको थियो। 

 

तर, अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरुमा टिकटक माथिको प्रतिबन्ध ७५ दिनका लागि खुल्ला गर्न आदेश दिएका थिए । । यो आदेशपछि टिकटक एप फेरि अमेरिका फर्किएको हो । अब एप्पल र गुगलले फेरि टिकटकलाई आफ्नो एप स्टोरमा उपलब्ध गराएको छ तर टिकटक  प्रतिबन्ध अझै पूर्ण रुपमा भने हटेको छैन । यो बाइट डान्सका लागि एक अस्थायी राहत मात्र हो।

 

टिकटक माथिको प्रतिबन्ध फुकुवा गरे पनि अमेरिकी सरकारले बाइट डान्सलाई टिकटकको स्वामित्व अमेरिकी कम्पनीलाई हस्तान्तरण गर्न वा एप पूर्ण रूपमा बन्द गर्न भनिसकेको छ। कम्पनीले यो प्रतिबन्ध उल्लंघन गरे टिकटकको प्रति प्रयोगकर्ता ५ हजार डलर जरिवाना तिर्नु पर्ने हुन सक्ने अमेरिकाले जनाएको छ ।

 

अमेरिकी राष्ट्रपति ट्रम्पले बाइटडान्सलाई अर्को प्रस्ताव गरेका छन् । यसका अनुसार अमेरिकामा टिकटकको सञ्चालन अमेरिका र चिनियाँ संयुक्त लगानीबाट गर्न सकिनेछ । यसका लागि कम्पनीले अमेरिकी कम्पनीसँग साझेदारी गर्नु पर्नेछ । तर, यसका लागि चीनको स्वीकृति पनि आवश्यक हुनेछ । ट्रम्पले धम्कीपूर्ण स्वरमा चीनले यो सम्झौता स्वीकार नगरे आर्थिक प्रतिबन्धको सामना गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖