धनगढी, फागुन ३। कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुरस्थीत एक होटलमा प्रहरीले छापा हान्दा एक युवतीसहित ३ जना पक्राउ परेका छन्।
जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ४ राजीपुरमा रहेको पुजा होटलमा यौन धन्दा हुने गरेको पाइएपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट सादा पोशाकबाट खटिएको प्रहरी टोलीले शुक्रबार छापा हानेको हो।
यौन धन्दा जस्ता अनैतिक क्रियाकलापमा संलग्न जोडीसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले बताए।
पक्राउ पर्नेमा होटल सञ्चालक गौरीगंगा–८ का कर्णबहादुर कार्की, यौन धन्दामा संलग्न गौरीगंगा–६ का २९ वर्षीय हरी चौधरी र धनगढी उपमहानगरपालिका–१२ की २८ वर्षीया शान्ति जोशी रहेको डीएसपी बोहराले बताए ।उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
