• Sunday 1st of November 2026

ताप्लेजुङमा फेरि झडप, दुई आन्दोलनकारीसहित १० जना घाइते


  • धनकुटा खबर
  • .

ताप्लेजुङको फुङ्लिङमा राँके जुलुस निकाल्ने क्रममा प्रहरी र प्रदर्शनकारीको बिचमा झडप भएको छ।

नो केबलकार पक्षले आज साँझ फुङलिङ बजारमा राँके जुलुस निकाल्ने क्रममा झडप भएको प्रहरीले जनाएको छ।

झडपका दुईजना गम्भीर घाइते भएका छन्। धरानका एके दर्नाल र लेलेप बस्ने केसिङ कुमार लिम्बू घाइते भएका जनाइएको छ।

काफ्लेपाटी क्षेत्रबाट फर्किएको समूहले शनिबार बेलुका फुङलिङ बजारमा राँके जुलुस निकालेका थिए।

यस्तै, प्रहरीतर्फ ८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

आन्दोलनकारीले चौतर्फी आक्रमण गर्न थालेपछि अबस्था गम्भीर भएको प्रहरीको भनाई छ।

झडपपछि केही प्रहरीहरू सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖