• Monday 5th of October 2026

अल नासरको जितमा रोनाल्डोको गोल


  • धनकुटा खबर
  • .

काठमाडौं । एएफसी च्याम्पियन्स लिगमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोसम्मिलित अल नासरले लगातार दोस्रो जित निकालेको छ ।

सोमबार राति भएको खेलमा अल नासरले इस्तिकलोललाई ३–१ ले हराएको हो । घरेलु मैदानमा अल नासरले पुनरागमन जित निकालेको थियो ।

जितपछि समूह ‘इ’ मा दुई खेलबाट ६ अंक जोड्दै शीर्षस्थानमा छ । इस्तिकलोल भने पुछारमा छ ।

अल नासरको जितमा एन्डर्सन टालिस्काले दुई तथा रोनाल्डोले एक गोल गरे । यसअघि सेनिन सेवाइले ४४औं मिनेटमा गोल गर्दा इस्तिकलोलले अग्रता बनाएको थियो ।

६६औं मिनेटमा रोनाल्डोले बराबरी गोल गरे । टालिस्काले ७२ र ७७औं मिनेटमा दुई गोल गर्दै सहज जित दिलाएका हुन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖