• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

प्रधानमन्त्रीको निर्णय चित नबुझेपछि मन्त्रीको राजीनामा


  • धनकुटा खबर
  • .

बेलायती प्रधानमन्त्रीले रक्षा खर्च बढाउन सहायता बजेट कटौती गर्ने निर्णय गरेपछि अन्तर्राष्ट्रिय विकास मन्त्री एनेलिज डोड्सले राजीनामा दिएकी छिन्।

डोड्सले प्रधानमन्त्रीलाई लेखेको पत्रमा सहायता कटौतीले गरिब राष्ट्रका लागि खाना र स्वास्थ्य सेवामा असर पार्ने बताउँदै यसले बेलायतको प्रतिष्ठामा क्षति पुर्‍याउने उल्लेख गरेकी छिन्। उनले ट्रम्पसँगको भेटपछि मात्र राजीनामा घोषणा गरेकी थिइन्, ताकि वाशिंगटन भ्रमणमा प्रधानमन्त्रीलाई मन्त्रिपरिषद्को समर्थन रहेको देखियोस्।

डोड्सले रक्षा खर्च बढाउन सहायता कोष घटाउने सरकारको निर्णयप्रति असहमति जनाउँदै अन्तर्राष्ट्रिय विकासलाई नजरअन्दाज गर्न नहुने बताइन्। यस निर्णयले बेलायतको कूटनीतिक हैसियत कमजोर बनाउने उनको चेतावनी छ।

उनको राजीनामा पछाडि विपक्षी दलले सरकार अस्थिर भएको दाबी गरेका छन्, भने केही नेताहरूले सहायता बजेट कटौती सही निर्णय भएको बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖