• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

दोस्रो विश्वयुद्धतिरको बम भेटियो, रेल सेवा अवरुद्ध


  • धनकुटा खबर
  • .

पेरिस । फ्रान्समा दोस्रो विश्वयुद्धतिरको एउटा बम फेला परेको छ ।

रेलवे लिकमा बम फेला परेसँगै यूरोस्टार र स्थानीय रेल सेवा अवरुद्ध भएको छ । यूरोस्टार बेलायतको रेल सेवा हो । बम भेटिएको खबरसँगै शुक्रबार रेल सेवा अवरुद्ध भएको हो ।

फ्रान्सको राष्ट्रिय रेल सञ्चालक ‘एसएनसीएफ’का अनुसार पेरिसको ‘गारे डु नर्ड’ स्टेशन नजिकै रेलवे लिकमा दोस्रो विश्वयुद्धतिरको बम फेला परेको हो । यो रेलवे स्टेशनले दैनिक ६ लाखभन्दा बढी यात्रीलाई सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖