• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

बलुचिस्तानमा रेल अपहरण : १४० यात्रुको उद्धार, १६ पृथकतावादी मारिए


  • धनकुटा खबर
  • .

काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तमा मङ्गलबार सशस्त्र अतिवादीहरूले एक यात्रुवाहक रेलमा आक्रमण गरी यात्रुहरूलाई बन्धक बनाएका छन् ।

पृथकतावादी समूह बलोच लिबरेसन आर्मी (बीएलए)ले आक्रमणको जिम्मेवारी लिएको छ । यो आक्रमण क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेसमा भएको थियो ।

बीबीसी उर्दूका अनुसार पाकिस्तानी सैन्य स्रोतहरूले जाफर एक्सप्रेस आक्रमणपछि अहिलेसम्म १०४ यात्रुलाई उद्धार गरिएको दाबी गरेका छन् । यस कारबाहीमा १६ अतिवादी मारिएको बताइएको छ ।

यसैबीच, जाफर एक्सप्रेसका ८० यात्रु माछा रेलवे स्टेसन पुगेका छन्, जहाँ उनीहरूलाई प्राथमिक उपचार गरिएको छ ।

रेलवे अधिकारीहरूका अनुसार यस रेलमा ९ वटा कोच थिए र ४०० भन्दा बढी यात्रु यात्रा गरिरहेका थिए ।

पाकिस्तानका गृह राज्यमन्त्री तलाल चौधरीले जाफर एक्सप्रेसका धेरै यात्रुलाई अतिवादीहरूले रेलबाट ओरालेर पहाडी क्षेत्रमा लगेको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖