• Tuesday 6th of October 2026

एमाले बागमतीको अधिवेशनमा दाहाललाई धोका दिएर ढुंगेललाई समर्थन गरेको आरोपपछि बास्कोटाले खोले मुख


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले एमालेले अराजकता र उग्रताको राजनीति छोडेको चार दशक भईसकेको दाबी गरेका छन् ।

भर्खरै सम्पन्न एमाले बागमती प्रदेशको पहिलो अधिवेशनमा अध्यक्षका प्रत्यासी रहेका मकवानपुरका कृष्णप्रसाद दाहालको पक्षमा लागेपनि अन्तिम समयमा अध्यक्षका अर्का प्रतयासी रामोछापका कैलाशप्रसाद ढुंगेलको पक्षमा खुलेको आरोप लागेपछि बास्कोटाले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

बास्कोटाले दाहालको पक्षमा दृढ भएर लागेको भए अध्यक्षका प्रत्यासी ढुंगेलले चुनाव हार्ने अवस्था बन्ने विश्लेषण भइरहँदा एकाएक गोकुलले क्याम्प चेन्ज गरेपछि दाहालले भारी मतले पराजय भोगेका थिए । ढुंगेलले शानदार मतका साथ अध्यक्षमा जित हातपारेपछि सामाजिक सञ्जालमा बास्कोटाको चर्को आलोचना भइरहेको छ ।

चर्को आलोचना भएपछि बास्कोटाले आफ्नो धरणा सार्वजनिक गरेर जवाफ दिएका हुन् । उनले लेखेका छन् ‘कुनै पनि घटना प्रभावित भएर संगसंगै हिडेका साथीहरु प्रति त्यति मात्र टिप्पणी गर्नु ताकि भोली पनि संगसंगै हिड्ने परिबेश जीवन्तै रहोस।उग्रता एमालेले छोडेको चारदशक भैसक्यो।चुनाब भएपछि कोही जित्छ हार्छ।र,त्यो स्थाई होईन।लक्ष्य स्थाई हो’।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖