• Tuesday 6th of October 2026

त्रिशुलीमा हाम फालेर बैंक मेनेजर बेपत्ता, खोज्दै प्रहरी


  • धनकुटा खबर
  • .

काठमाडौँ । बैंकर निराजन देवकोटा त्रिशुली नदीमा हाम फालेर बेपत्ता भएका छन् । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको हेटौंडा शाखामा कार्यरत हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोल बस्ने ३८ वर्षीय मेनेजर देवकोटाले बेपत्ता भएका हुन् ।

पारिवारिका स्रोतका अनुसार उनी हिजो सोमबार बिहानै काठमाडौंस्थित नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको हेड अफिसमा जानको लागि भन्दै घरबाट हिँडेका थिए । प्रहरीले बेपत्ता भएका उनलाई खोजिरहेको छ ।

प्रत्यक्षदर्शीका अनुसार उनले आफ्नो बा.प्र.०३-००५प ४१७६ नम्बरको मोटरसाइकल र चप्पल पुलमा छाडेर नदीमा हाम फालेका थिए ।-अर्थ सरोकार

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖