• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

४३ देशलाई अमेरिका भ्रमणमा प्रतिबन्धः के नेपाल पनि पर्यो कि?


  • धनकुटा खबर
  • .

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले ४३ देशका नागरिकलाई भ्रमणमा प्रतिबन्धको तयारी गरेको छ।

न्युयोर्क टाइम्सका अनुसार अमेरिकाको यात्रामा नयाँ प्रतिबन्धको अंशको रूपमा लक्षित गर्ने विचार गरिरहेको छ जुन राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालमा लगाइएको प्रतिबन्धभन्दा फराकिलो हुनेछ।

कूटनीतिक र सुरक्षा अधिकारीहरूद्वारा विकसित सिफारिसहरूको मस्यौदा सूचीले ११ देशहरूको रातोमा परेका छन्। यसमा नेपालको छिमेकी मुलुक भुटान समेत परेको छ।

भुटासहिन अमेरिका प्रवेश गर्नबाट पूर्ण रूपमा निषेध गरिएका देशमा अफगानिस्तान, क्युबा, इरान, लिबिया, उत्तर कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुएला र यमन रहेका छन्।

संवेदनशील आन्तरिक छलफलको बारेमा छलफल गर्न नाम न छाप्ने सर्तमा बोल्ने अधिकारीहरूले चेतावनी दिए कि सूची केही हप्ता अघि विदेश विभागले विकसित गरेको थियो र यो ह्वाइट हाउसमा पुग्दासम्म परिवर्तनहरू हुने सम्भावना छ।

प्रारम्भिक रुपमा नेपाली नागरिक रातो, ओरेन्ज वा पहेंलो सूची केहीमा पनि परेको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖