• Saturday 31st of October 2026

यता राजा फर्कने चर्चा,उता एकाएक हटाइए राष्ट्रपतिका स्वकिय सचिव !


  • धनकुटा खबर
  • .

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वकिय सचिवमा सुशील तिमिल्सेना नियुक्त भएका छन् ।

राष्ट्रपति पौडेलका नातेदार समेत रहेका तिमिल्सेनालाई चैत १ गते देखि लागुहुने गरी स्वकिय सचिवमा नियुक्त गरिएको हो ।

सहसचिव वा सो सरहको सुविधा पाउने गरी नियुक्त भएका सुशील यसअघि उपसचिव सरहको सुविधासहित पौडेलकै सचिवालयमा कार्यरत थिए ।

सुशीललाई चिरञ्जीवी अधिकारीको स्थानमा नियुक्ती गरिएको हो । विज्ञ सल्लाहकारसँग असन्तुष्ट अधिकारी पारिवारिक कारण देखाउँदै केही समयअघि अमेरिका गएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖