• Saturday 31st of October 2026

पूर्वराजाको टोलीबाट राजेन्द्र लिङ्देन आउट


  • धनकुटा खबर
  • .

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको राजनीतिक सर्कलमा ठूला फेरबदल भएका छन्। पूर्वराजासँग निकट मानिएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ज्ञानेन्द्र शाहको टोलीबाट बाहिरिएका छन् भने उनीसँगै कमल थापा र अस्मिता भण्डारी पनि बाहिरिएकाे पाइएकाे छ ।

स्रोतका अनुसार, पूर्वराजाले आफ्नो आगामी रणनीति पुनः परिक्षण गर्दै केही व्यक्तिहरूलाई टाढा राख्ने निर्णय गरेका हुन्। विशेषगरी, भारतीय शक्ति केन्द्रहरूसँगको संलग्नताका गोप्य पक्षहरू बाहिरिने जोखिम देखेर लिङ्देन, थापा र भण्डारीलाई टिमबाट अलग गरिएको स्राेतले सनराइज खबरलाई बताएकाे छ ।

यसैबीच, पूर्वराजा शाहले चैत्र ९ गते मनकामना मन्दिरको दर्शन गर्ने तयारी पनि गरेका छन् । स्रोतका अनुसार, मनकामना पुगेर उनले गोरखनाथको पनि दर्शन गर्नेछन्। यस यात्रालाई पूर्वराजाको धार्मिक आस्था मात्र नभई, आगामी राजनीतिक रणनीति तय गर्ने अवसरको रूपमा हेरिएको छ।

त्यसबाहेक, पूर्वराजाले भारतीय शक्तिसँग गोप्य छलफल गर्ने तयारी गरिरहेको स्रोतको दाबी छ। भारतीय पक्षहरूसँगको भेटवार्ताको समयसमेत टुंगो लागेको पाइएकाे छ ।

अहिले ज्ञानेन्द्र शाहले नेपालमा जे जे गतिविधि गरिरहेका छन् त्याे सबै भारतीय शक्ति सँगकाे छलफलमा गरेकाे पाइएकाे हाे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖