• Tuesday 6th of October 2026

धार्मिक सद्भाव बिथोल्ने प्रयास भएकाले जनता सचेत हुनुपर्ने -ओली


  • धनकुटा खबर
  • .

काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही तत्वको निहीत स्वार्थमा जातीय र धार्मिक सद्भाव बिथोल्ने प्रयास भएकाले जनता सचेत हुनुपर्ने बताएका छन्।

बुधवार विराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुक भएकाले यसलाई यसै आधारमा एकताबद्ध बनाएर लैजानु पर्ने बताए।

उनले मुलुकमा जातीय र धार्मिक सद्भाव बिथोल्ने प्रयास हुनु अत्यन्त संवेदनशिल विषय भएको बताए। उनले कुनै पनि धर्म प्रति आस्था राख्न पाइने तर मुलुकमा परिर्वतन गर्न सोचे जस्तो सहज नहुने बताए।

अध्यक्ष ओलीले नेपाललाई हिन्दु राष्ट्र बनाउन संसदको दुई तिहाई मत चाहिने समेत स्पष्ट पारे। उनले विद्वैष र विरोधबाट आएको परिणामले मुलुक र जनताको हित नगर्ने र असल परिणाम पनि नदिने बताए।

अध्यक्ष ओलीले मुलुकमा अराजकता र अस्थिरताका साथै महंगी र मुल्यवृद्धि हुँदा समेत नेपाली कांग्रेस चुप लागेर बसेको भन्दै कांग्रेस कहाँ छ भनेर प्रश्न गरे।

त्यस्तै अध्यक्ष ओलीले कोशी प्रदेशमा मध्यावधी निर्वाचन कुनै पनि हालतमा उपयुक्त नभएको भन्दै यसका लागि राजनैतिक दलहरु संवेदनशिल हुनुपर्ने बताए। उनले दलहरु मिल्नुको विकल्प नभएकाले मध्यावदी वाटो जान नहुने बताउँदै यदि निर्वाचन भइहाले एमाललेले बहुमत ल्याउनेमा ढुक्क रहेको बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖