विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीका नवनिर्वाचित प्रदेश अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
नेकपा एमाले कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठले निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
एमालेको पहिलो प्रदेश अधिवेशनमा विनोद ढकाललाई पराजित गर्दै घनश्याम खतिवडा अध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्षमा टीकाराम चेम्जोङ, सचिवमा राजकुमार भण्डारी, उपसचिवमा जलवर्षा राजवंशी र देवान राई निर्वाचित भए ।
खुला भूगोलतर्फ झापाबाट गणेश पोखरेल, एकराज कार्की, बसन्त बानियाँ, देवकुमार राई, घनश्याम अधिकारी, सोमनाथ पोर्तेल, होमबहादुर थापा, राजकुमार थापा, गजेन्द्र ताम्ली, सन्तलाल मेचे, बेनु शिवाकोटी, अमर शिवाकोटी, अम्बिका खनाल, चन्द्र शेर्मा, लक्ष्मी राई, कुमार भुजेल र लोकबहादुर धिमाल निर्वाचित भए ।
यसैगरी, महिला भूगोलतर्फ पवित्रा महतरा, मञ्जु प्रसाई, सुमित्रा भण्डारी, मिरा भूर्तेल, निर्मला पाठक, कमला थापा मगर, कमला आचार्य र इन्दिरा बस्नेत निर्वाचित हुँदा दलिततर्फ मोहन विक र भोला परियार विजयी भए ।
यस्तै, मजदुरतर्फ निर्मला परियार, युवातर्फ अनिता कन्दङ्वा, नीता घतानी, सुमन नेम्वाङ र सुशील राई निर्वाचित भएका छन् ।
