• Saturday 31st of October 2026

रास्वपाले माग्यो कर्मचारी, फ्रेसनरले पनि आवेदन दिन सक्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक जना कर्मचारी माग गरेको छ। पार्टी केन्द्रीय कार्यालयलका लागि एक जना फ्रन्ट डेस्क सहायक माग गरिएको रास्वपाले बिहीबार साँझ सामाजिक सञ्जालमा एक सूचना शेयर गर्दै जानकारी दिएको छ ।

सूचनामा जनाइएअनुसार उक्त पदका लागी (अनुभव नचाहिने) फ्रेसनरले पनि आवेदन दिन सक्नेछन् । साथै सञ्चारसम्बन्धी राम्रो ज्ञान भएको, टाइपिङ राम्रो भएको, माइक्रोसफ्ट वर्ड, एक्सेल, इमेल इन्टरनेट तथा सोसल मिडिया चलाउन सक्ने कर्मचारी माग गरिएको सूचनामा उल्लेख छ ।

सूचनामा सकारात्मक सोच भएको, जनसम्पर्क राम्रो भएको, कामको चाप सहन सक्ने क्षमता भएको र समूहमा काम गर्न सक्ने आवदेकले सूचना जारी भएको सात दिनभित्र आवेदन दिन भनिएको छ। आवेदन पार्टीको केन्द्रीय कार्यालय चःमति १६ काठमाडौंमा पठाउन भनिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖