• Tuesday 6th of October 2026

भारतको गुजरातमा सडक दुर्घटनामा परी एक नेपाली युवकको मृत्यु


  • धनकुटा खबर
  • .

शंकर प्रसाद पोख्रेल / निखिल रावत, गुजरात वापी । नेपाल घर कैलाली जिल्ला टिकापुर नगर पालिका वडा नं ५निवासी प्रदेशु चौधरी को छोरा बर्ष ३४को रमेश चौधरी को गुजरात को वापिमा सडक दुर्घटनामा परी मृत्यु भयको छ ।

बिगत एक बर्ष देखी परिवार संगै वापि को कोलीवाड़ा मा बस्दै आयका रमेश चौधरी वापि जिआई डिसि मा एक सामान्य फुटपाथ मा चियाकोको ठेलामा काम गर्दै आयका थिय ।रआज दिनांक ०२/१०/२०२३का दिन बिहान करिब ९बजेको समय मा चियाको सामान लिन किराना स्टोरतिर जादै गर्दा तीब्र गतिमा आयको ट्रकले ठक्कर दिदा घाईते भयका रमेश चौधरी लाई ठेला मालीक र आफन्त ले अस्पताल लैंजादैगर्दा गर्दा बाटो मा नैनिधन भयको हो ।अस्पतालमा पुराउदा डॉक्टरले मृत घोषणा गरेkaa थिए।

घटना बारे थाहा पाउंदा साथ मुलप्रवाह अखील भारत नेपाली एकता समाज केन्द्रीय समितिका सदस्य गोविंद थापा पस्चिम भारत क्षेत्रीय उपाध्यक्ष बाबु राम दहित, पस्चिम भारत क्षेतृय सदस्य तथा वापि पस्चिम नगर समिति अध्यक्ष निखिल रावत, अस्पताल मा पुग्नु भएको थियो। रमेश चौधरी को मृत्यु भैसकेको थाहा पाउन साथ वापि जि आई डिसि पुलिस चौकि पुगेर एफआईआर गरिएको थियो। रमेश चौधरी को काम गर्ने ठेला मालीक लाई बोलायर बुझ्दा सामान्य फुटपाथ ठेला ब्यापारी भयको ले किरीया खर्च बापत चालिस हजार नगद र दाहास्कार खर्च दिने भयको छ। बाकि क्षतिपूर्ति ट्रक वाला संग एफआईआर कानुन बमोजिम दिलाउने प्रयास मुलप्रवाह ले गर्ने भएको छ।

आजै रमेश चौधरी को वापि को नाम्दा सम्मसान भुमि मा दाहास्कार गरियको थियो। मुलप्रवाह केन्द्रीय सदस्य गोबिन्द थापा ,रमकला काउछा, क्षेतृय स सचिव हरी काउछा, क्षेतृय सदस्य प्रविन काउछा निखिल रावत गन बहादुर राना ,विना काउछा, बाबु राम दहित र रमेश चौधरी को आफन्त छर छिमेकी लगायत को उपस्थित मा रमेश चौधरी को अन्तिम दाहास्कार गरियको थियो। उनको संझनमा एक मिनट मौन धारण गरियको थियो। रमुलप्रवाह अखील भारत नेपाली एकता समाज को पहल मा रमेश चौधरी को किरीया खर्च को लागि सम्पूर्ण दाजुभाई हरू ले आफ्नो ईक्षा अनुसार सहयोग गर्नु भयो र ४८०० रूपया मृतक रमेश चौधरी को भाई उमेश चौधरीका हात मा हस्तानांतरण गरीएको छ।-झिमरुक पोस्ट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖