• Saturday 31st of October 2026

अमरेशको दाबीः प्रचण्ड र भारतले शेरबहादुरजी प्रधानमन्त्री बन्ने ग्यारेन्टी गरेको एक मिनेटमा ओली नेतृत्वको सरकार ढल्छ


  • धनकुटा खबर
  • .

काठमाडौं, ८ चैत । प्रतिनिधि सभा सदस्य डा.अमरेश कुमार सिंहले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र छिमेकी मुलुक भारतले शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने ग्यारेन्टी गरेको एक मिनेटभित्रमा केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने दाबी गरेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफू वा आफ्नी श्रीमती डा.आरजु राणा देउवा प्रधानमन्त्री बन्ने ग्यारेन्टी भएको मिनेटभरमै देउवाले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका हुन् ।

बर्तमान सत्ता गठबन्धनको आयुबारे बोल्दै उनले भने, ‘शेरबहादुरजीको प्रधानमन्त्री ग्यारेन्टी नहुन्जेलसम्म । प्रचण्डले, भारतले ग्यारेन्टी गर्दिने हो भने एक मिनेट पनि लाग्दैन । पत्रकार सम्मेलन गरेर भन्छन् मेरो समर्थन फिर्ता । उहाँ आफू प्रधानमन्त्री बन्ने आशमा या उनको धर्मपत्नी प्रधानमन्त्री बन्ने आशमा टाँसिइरहन्छ ।’

साथै, वर्तमान सरकारबाट सबैभन्दा बढी फाइदा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लिइरहेको उनले बताए । नेता सिंहले प्रधानमन्त्री ओली थपनामात्रै रहेको र सत्तामा हालिमुहाली गगनको रहेको बताए । ‘यो देश मात्र एक जनाले चलाएको छ । केपी ओलीले चलाएको होइन, गगन थापाले चलाइरहेको छ । उसैले बीआरआई गरायो, उसैले राजनीतिक मेकानिजम बनायो । यो सरकारबाट सबैभन्दा बढी कोही लाभान्वित छ भने गगन थापा छ,’– उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖