• Tuesday 6th of October 2026

बझाङमा ठूलो भूकम्पपछि १६८ पराकम्प


  • धनकुटा खबर
  • .

धनगढी । सुदूरपश्चिम प्रदेशको बझाङमा भूकम्प आएको २४ घण्टा नहुँदै १६८ पाराकम्प गएका छन् । भूकम्प मापन केन्द्र सुर्खेतले बझाङका विभिन्न ठाउँ केन्द्रबिन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी छ ।

मंगलवार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट केन्द्रबिन्दु भएर पाँच दशमलव तीन म्याग्निटिउडको भूकम्प गएको थियो ।

त्यसपछि ३ बजेर ६ मिनेटमा चैनपुर आसपास केन्द्र बिन्दु बनाएर भूकम्प गएको थियो । केन्द्रकाअनुसार बझाङका विभिन्न ठाउँ केन्द्रबिन्दु भएर मङ्गलवारदेखि बुधबार दिउसोसम्म १६८ पराकम्प गएका छन् ।

जसमा चार रेक्टर स्केल माथिका ११ वटा पराकम्प गएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖