• Tuesday 6th of October 2026

बैंकले टर्चर दिएपछी निराजनले गरे त्रिशूलीमा हाम फालेर आत्महत्या !


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक हेटौंडाका शाखा प्रमुख निराजन देवकोटाले सोमबार त्रिशूलीमा हाम फालेर आत्महत्या गरेको प्रहरीले बताएको छ । उनी बैंक मर्ज हुनुअघि मेगा बैंकमा कार्यरत थिए ।

देवकोटाले असोज १५ साँझ साढे ६ बजे त्रिशूली नदीमा हाम फालेर आत्महत्या गरेको प्रहरीले बताएको छ ।

मर्ज भएपछि हेटौंडा शाखाबाट तत्कालीन मेगा बैंकले दिएको ऋणको अनुसन्धानका नाममा पटक पटकको दिइएको टर्चरका कारण देवकोटा नदीमा हाम फालेको हुनसक्ने प्रहरीले बतायो ।

धादिङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले भने, ‘बैंकले टर्चर दिएर नै नदीमा हाम फालेको भन्ने छ । अहिलेसम्म शव भेटिएको छैन । अहिले नदीमा भेलबाढी पनि आइरहेको छ । गोताखेर प्रयोग गरेर शव खोजी भइरहेको छ । आत्महत्या गर्नेका बुबा आउनुभएको थियो । हामीले सुसाइट नोट भए प्रहरीलाई दिनुस् भनेका छौं ।’

मर्ज भएपछि हेटौंडा शाखाबाट तत्कालीन मेगा बैंकले दिएको ऋणको अनुसन्धानका नाममा पटक पटकको दिइएको टर्चरका कारण देवकोटा नदीमा हाम फालेको हुनसक्ने प्रहरीले बतायो ।

‘इन्भेस्टमेन्ट बैंक र मेगा बैंक मर्ज भएपछि व्यवस्थापनले कर्जाको विषयलाई लिएर मेगा बैंक पक्षका तीन शाखा प्रमुखलाई मानसिक तनाव दिँदै आएको छ। उनलाई पनि सोही क्रममा मानसिक तनाव दिने अनावश्यक सोधपुछ गर्ने र धम्कीसमेत दिने गरिएको थियो,’ बैंक स्रोतले भन्यो, ‘उनलाई पनि लोनको विषयमा अनुसन्धान गरिरहेको छ। हिजो सोधपुछका लागि हेड अफिस बोलाइएको थियो। पारिवारिक कारणबाहेक उहाँ अफिसकै तनाव थेग्न नसकेर आत्महत्यासम्म पुग्नुभएको हुनसक्छ।’

इन्भेस्टमेन्ट मेगा बैंक व्यवस्थापन मेगा बैंकबाट आएका कर्मचारी विशेषगरी शाखा प्रमुखहरूलाई कर्जा दिँदा घुस खाएको भन्दै स्पष्टीकरण माग गर्ने, प्रहरी कार्यालयमा उजुरी दिनेलगायत धम्की दिने गरेको स्रोत बताउँछ। जसका कारण केही कर्मचारीले टर्चर सहन नसकी राजीनामा दिएर बैंक छाडेर गइसकेका छन्।

प्रत्यक्षदर्शीहरुसँग बुझ्दा देवकोटा बैंकको केन्द्रीय कार्यालय काठमाडौं पुगेर हेटौंडा घर फर्किने क्रममा नदीमा हाम फालेर आत्महत्या गरेको बुझिएको मिश्रले बताए ।

देवकोटाले सोमबार साँझ धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं ५ घाटबेसीस्थित नयाँ पुल नजिकै मोटरसाइकल रोकेर आत्महत्या गरेका थिए । देवकोटाको घर हेटौंडा उपमहानगरपालिका- २ चौकीटोल हो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डेलाई यस विषयमा जानकारी लिन पटक पटक सम्पर्क गर्दा कुरा हुन सकेन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖