• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

यो कस्तो संयोग: पत्नी प्रधानाध्यापक रहेको विद्यालयमा शिक्षक बनेर आए पति


  • धनकुटा खबर
  • .

डडेल्धुरा । बझाङका मकरबहादुर धामी र उनकी पत्नी ज्ञानु कुमारी भट्ट धामीबीच एउटा दुर्लभ संयोग जुरेको छ। बझाङको बुंगल नगरपालिका-२ घर भइ हाल शिक्षण पेशामा आबद्ध यो दम्पती अहिले एउटै विद्यालयमा कार्यरत छन्, जहाँ श्रीमती प्रधानाध्यापक छिन् भने श्रीमान् शिक्षकका रूपमा नियुक्त भएका छन्।

ज्ञानु कुमारी भट्ट धामी २०७९ सालमा खोटाङबाट प्राथमिक तह तृतीय श्रेणी शिक्षकका रूपमा सिफारिस भई पिपलडाँडा आधारभूत विद्यालय, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४, बुईपामा प्रधानाध्यापक बनेकी थिइन्। उनी विद्यालयको नेतृत्व गरिरहेकै समयमा उनका श्रीमान् मकरबहादुर धामीले २०८० सालमा शिक्षक पदको परीक्षा दिए।

पहिलो प्रयासमा असफल भए पनि धामीले हार नमानी पुनः तयारी गरे र यस वर्ष सफल भई श्रीमतीकै विद्यालयमा शिक्षकका रूपमा नियुक्त हुन सफल भए। विद्यामा आएका श्रीमनलाई प्रधानाध्यापक श्रीमतीले स्वागत गरेकी छिन् ।

श्रीमती प्रधानाध्यापक रहेको विद्यालयमा श्रीमान् शिक्षक बन्नु नेपाली शिक्षा क्षेत्रमा निकै दुर्लभ घटना मानिन्छ।

विद्यालयले औपचारिक रूपमा धामीको स्वागत गर्दा विद्यार्थी, शिक्षक तथा अभिभावकहरू पनि उत्साहित देखिए। विद्यालयमा दाम्पतीको सहकार्य शिक्षण पद्धति सुधार्न सकारात्मक साबित हुने विश्वास गरिएको छ।
पत्रकारिता छाडेर शिक्षाक्षेत्रमा जीवन समर्पित गरेका मकर अब श्रीमतीसँगै मिलेर एउटै संस्थाबाट समुदायलाई शिक्षाको उज्यालो दिन कटिबद्ध हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖