• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौँमा सुन र नगद चोरी


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ महानगरपालिका-११ किमारी मार्गमा सोमबार लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ ।

नेपाल प्रहरीका अनुसार बुद्धिमान श्रेष्ठको घरमा चोरी भएको हो ।

साढे ६ तोला सुन र नगद ५० हजार रुपैयाँ गरी करिब ११ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल सोमबार चोरी भएको प्रहरीले जनाएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖