• Tuesday 6th of October 2026

यी रहेछन् बिदेश लैजान्छु भन्दै ठग्ने विदेशी नागरिक


  • धनकुटा खबर
  • .

काठमाडौं, विदेश लैजाने भन्दै ठगेको आरोपमा प्रहरीले दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित होटल यात्री एन्ड डुडी सुट्स एन्डल स्पाबाट पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए।

पक्राउ पर्नेमा पाकिस्तान राहुलपिन्डी घर भई ठमेल बस्ने ५१ वर्षीय नाजिर मोहम्मद र अजरबैजान घर भई ठमेल बस्ने ३१ वर्षीया आइसेल हुसेनील छन्।
उनीहरूलाई कार्यालयबाट खटिएको प्रहरीको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो।

एसपी रेग्मीका अनुसार उनीहरूले वैदेशिक रोजगारको लागि चेक रिपब्लिक, नर्वे, पोल्यान्ड, पोर्चुगल लगायत देशमा पठाइदिने भनेका थिए। त्यसका लागि वर्कपर्मिट लगायत नक्कली कागजातहरू देखाएर विश्वासमा पारी ठगी गरेको आरोप छ।

उनीहरूले प्रोसेसिङ गरिदिने भन्दै प्रतिव्यक्ति एक हजार डलर लिने गरेका थिए।

नक्कली अफर लेटर, वर्कपर्मिट, भिसा लगायतका कागजातहरू पठाएर रकम लिने र यसरी नै अन्दाजी ८० लाख रुपैयाँ ठगिसकेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ।

कतिपय पीडितको विश्वास जित्न उनीहरूले अजरबैजान समेत घुमाएको एसपी रेग्मीले बताए।

यसको थप अनुसन्धान गर्न कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौं टेकुमा पठाएको जानकारी दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖