• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

बाबुले नै छोरीलाई ट्रकले किचेर मारेपछि…


  • धनकुटा खबर
  • .

काभ्रे । काभ्रेको नालामा बाबुले चलाएको ट्रकले किचेर छोरीको ज्यान गएको छ ।

बनेपा नगरपालिका वडा नं ४ मा बा ४ ख ८५९२ नंवाको महेन्द्र निशान ट्रकले किच्दा ३ वर्षकी समीक्षा बरालको मृत्यु भएको हो ।

उक्त गाडी उनका बाबू सरोज बरालले चलाइहरेका थिए । सिन्धुली गोलन्जोर गाउँपालिका वडा नं १ घर भएका बराल नालामा परिवारसहित बस्दै आएक थिए ।

स्थानीय शुभकामना सप्लायर्स नामक बालुवा डिपोमा बस्दै आएका बरालले खाली ट्रक ब्याक गर्ने क्रममा छोरी समीक्षालाई किचेको थियो ।

उनको घटनास्थलमै निधन भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख ज्ञानबहादुर खड़काले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖